इलेकट्रोनिक स्कुटर चलाउँदा–चलाउँदै आगो लागेपछी….

धनगढी- धनगढीमा आरोमा कम्पनीको इलेकट्रोनिक स्कुटर चलाउँदा–चलाउँदै आगलागी भएर जलेको छ । बुधवार साँझ करिब ४ः५५ बजेको समयमा सहिद गेट स्थित छ लेन सडक खण्डमा उक्त स्कुटरमा अचानक आगलागी भएको हो ।

स्कुटर चालक धनगढी वडा नंं ४ का ५३ वर्षीय कृष्ण प्रसाद शर्मा सुरक्षित रहेका छन् भने सु.प.प्र ०१०११प ६६३१ नम्बरको इलेक्ट्रिक स्कुटर जलेको छ । उक्त आगलागी प्रहरी, स्वस्तिक अस्पतालको फायर एक्सटेन्सन र मोटर मार्फत पानी चलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागी कसरी भयो भन्ने विषयमा प्रहरीले थप जाँच बुझ गरिरहेको बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार