प्रधानमन्त्रीले भन्दैमा मन्त्रीहरु हेरफेर हुदैंन : कानुनमन्त्री गुरुङ

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको दावी गरेका छन् ।

कार्यप्रगतिलाई हेरेर मन्त्री फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताए पनि काँग्रेस उपसभापतिसमेत रहेका गुरुङले सो कुरा अस्वीकार गरेका हुन् । रुपन्देहीमा बुधबार आयोजित एक कार्यक्रममा गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रिमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताए ।

Dengue

उनले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि खासै असर नपार्ने बताए । गुरुङले कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको बताए ।

उनले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’

मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी ‘टीआरसी’ विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको बताए । सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ ।

हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार