गृह मन्त्रालयद्वारा १६ जना डीआईजीको सरुवा,सुदुरपश्चिममा रबिन्द्र आए

धनगढी – गृह मन्त्रालयले एकैपटक १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।गृह मन्त्रीस्तरीय निर्णयानुसार उनीहरूको सरुवा गरिएको हो । रबिन्द्र के.सीलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ ।प्रहरी प्रवक्ता कुबेर कडायतलाई लुम्बिनी प्रदेश सरुवा गरिएको छ । चन्द्रकुबेर खापुङ कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर पुगेका छन् ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ ।

Dengue

यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज तामाङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ भने बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज तानिएको छ ।

डीआईजीको सरूवा सूचीः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार