धनगढी – सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन आफ्ना उम्मेदवालाई विजयी बनाउन चार सदस्यीय समिति बनाएको छ । उम्मेदवार विजयी हुने गरी समन्वय गर्न समिति बनाइएको हो ।
मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो ।
यो समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जनै उम्मेदवारलाई विजयी गराउन समन्वय गर्नेछ । समितिको पहिलो बैठक भोलि बुधबार २ बजे सिंहदरबारमा बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्