राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल जाँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल  जाने भएका छन्। 

बुटवल उपमहानगरपालिका–१ मा रहेको जितगढी किल्ला हस्तान्तरणको लागि राष्ट्रपति पौडेल बुटवल जान लागेका हुन्। उनी बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत बुटवल जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

Dengue

जितगढी किल्लालाई आज नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ। युद्धमार्फत आफ्नो साम्राज्य बिस्तार गर्दै हिंडेको ईष्ट ईण्डिया कम्पनीलाई पराजित गरि जितगढीमा नेपाली फौजले विजयको झण्डा फहराएको थियो। 

अंग्रेज फौजलाई हराएर विश्वभर नेपालीको शिर उँचो बनाएपनि ओझेलमा परेको जितगढीमा नेपाली सेनाको अगुवाईमा बुटवल उपमहानगरपालिकाले विभिन्न ऐतिहासिक संरचनाहरु पुनर्निर्माण गरिरहेको थियो। 

विक्रम सम्वत् १८७१ पुस २१ गतेदेखि १८७२ वैशाख ७ गतेसम्म जितगढीमा नेपाल अंग्रेसका बीचमा युद्ध भएको थियो। 

अंग्रेजका तर्फबाट गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा आक्रमण गरिएको थियो भने नेपाली फौजको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए।

अहिले बुटवल उपमहानगरपालिकाले नेपाली सेनाको सहयोगमा जितगढीको ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार