धनगढी – बिहिबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रूपैयाँ कायम गरिएको छ । यसअघि बुधबार सुनको भाउ २०० रूपैयाँले घटेको थियो । अघिल्लो दिनको तुलनामा आज ३०० रूपैयाँले सुनको भाउ घटेको हो ।
बिहिबार चाँदीको भाउ ३० रूपैयाँले छ। बिहिबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ५० रुपैपाँमा किनेबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्