रावतको मृत्यु पछि दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन

सुर्खेत – शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार दैलेखमा पनि सरकारविरुद्ध आन्दोलन सुरु भएको छ ।

जिल्ला सदरमुकाममा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा युवाहरुको समूहले सरकारविरुद्ध नाराजुलुस गरेका हुन् ।

Dengue

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो ।

आन्दोलनकारीले हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् । सदरमुकामको गणेश चोकदेखि लोकतान्त्रिक चोकसम्म उनीहरुले आन्दोलन गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार