बुबा गाउँमा मलामी,छोरा काठमाडौंमा ढले पछी…

धनगढी –गाउँकै दाजु नाता पर्नेको दाहसंकारका गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किंदै हुनुहुन्थ्यो । लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेका काठेरुले फेसबुक हेरेपछि विरेन्द्रको मृत्युको समाचार थापा पाए । अनि त्यही खबर साथकै टेकबहादुरलाई सुनाए । शुरुमा मनमा चिसो पसे पनि टेकबहादुरले विश्वास मान्नु भएन र काठमाडौँ भएका आफन्तलाई सोधपुछ पछि छोराको मृत्युको खबर सुन्नुभयो । 

कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षाको विषयमा बालकुमारीमा भएको आन्दोलनमा घाइतेपछि उपचारको क्रममा निधनको खबरले गाउँ नै शोकमग्न छ । विदेशमा गएर पैसा कमाएर परिवार पाल्ने आशमा रहेको परिवार बेहाल अवस्थामा रहेको स्थानीयले जानकारी दिएका छन् । 

Dengue

“पुरै गाउँ विरेन्द्रकै घरमा आएको छ, आमा र परिवारका अन्य सदस्यलाई सम्हाल्नै सक्ने अवस्था छैन ।” वडा सदस्य गणेशबहादुर शाहले भन्नुभयो । “पढ्न गएको साधारण केटो कसरी मारियो भन्नेमा गाउँ नै प्रश्न गरिरहेको छ ।” गणेशले भन्नुभयो ।  

गाउँकै सिउँडी माविबाट कक्षा १२ उत्तीर्णपछि विरेन्द्र कोरियन भाषा सिक्नका लागि दुई वर्षअघि काठमाडौँ हानिएका थिए । कोरिया गएर परिवारको आर्थिक अवस्था उकास्ने सपना बोकेर काठमाडौं पसेका विरेन्द्रको जीवन त्यहीँ अन्त्य भयो । 

आर्थिक अवस्थामा कमजोर उनको परिवारमा बुवा भारतमा चौकीदारी गरेरै भए पनि छोरालाई विदेशमा पठाउने योजना रहनुभएको थियो । 

एक वर्षदेखि कोरियन भाषा पढिरहेका विरेन्द्र दशैंतिहार मनाएर काठमाडौं फर्केका थिए । मृतक विरेन्द्रका घरमा आमा, बुवा, दाइ भाउजू छन् । दाइ भारतमा भएपनि कमाउनेमा छैनन् । घरको खेतीपाती र उमेर ढल्केका बुवाको भारतीय कमाइमा परिवार निर्भर रहेको छ । खेतीपाती बाहेक परिवारको आम्दानीको अरु स्रोत छैन । 

मृतक विरेन्द्रको दाहसंस्कारका लागि बुवासहित आफन्त काठमाण्डौ जाने सल्लाहमा रहेको बताइएको छ । कलिलो युवा कमाउने बेलामा प्रहरीको गोली लागेर मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । गोरखापत्र अनलाइनबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार