धनगढी – कैलालीको गोदावरीबाट पासोमा परेको चितुवाको उद्धार गरिएको छ। मंगलबार साँझ गोदावरी नगरपालिका– १२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो।
कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियामा प्रमुख निरञ्जन कडालले बताए।चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएको थियो।
उनले पासोबाट उद्धार गरि ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको बताए।
प्रतिक्रिया दिनुहोस्