काठमाडौं- मंगलबार काठमाडौंमा परम्परागत वेशभूषामा साकेला नाच्दै किरात समुदायले उधौली पर्व मनाएका छन्।
सुनुवार, लिम्बू, थामी, याक्खा तथा राई जातिले उल्लासपूर्वक उधौली मनाउने गर्छन्। खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्दै यो पर्व मनाइन्छ।
उधौली लेकबाट वेंसीतिर बसाइँ सर्ने संकेत गर्न पनि मनाइन्छ।
(फोटो फिचर)
प्रतिक्रिया दिनुहोस्