मन्त्रीहरूलाई प्रधानमन्त्रीकाे चेतावनी : जिम्मेवारी पूरा गर्न नसक्नेले छाडिदिनुपर्छ

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले जिम्मेवारी पूरा गर्न नसक्ने स्थिति आए पद ओगटेर नबस्ने बताएका छन् ।

मंगलबार कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका उनले कार्यसम्पादनमा खरो उत्रन नसके पद ओगटिरहन नहुने बताए ।
उनले काम गरेर देखाउन नसक्ने मातहतका सबैलाई आफूले माफ नगर्ने र काम गरेर देखाउनैपर्ने दबाबमा सरकार रहेको बताए ।

Dengue

दाहालले भने, ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ ।’
उनले थपे, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैँसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार