हत्या अभियोगमा सफाइ पाएपछि एमाले सांसद कोइरीको निलम्बन फुकुवा

Call24News

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्।संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गर्दै कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिएका छन्।

निलम्बन फुकुवा भएपछि अब कोइरीले संसद्‍मा उपस्थित हुन पाउनेछन्। यसका साथै अब उनले संसदीय समितिहरूका बैठकमा पनि भाग लिने बाटो खुलेको छ।सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो।

Dengue

तर उक्त प्रकरणमा महोत्तरी जिल्ला अदालतले सफाइ दिएसँगै कोइरीले निलम्बन फुकुवाका लागि कोइरीले संसद् सचिवालयमा निवेदन दिएका थिए।मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते सफाइ दिने निर्णय सुनाएको थियो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका थिए।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।

कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए। जिल्ला अदालत महोत्तरीले कोइरीलाई ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार थिए।

प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी-१ बाट निर्वाचित भएका थिए।उनले वारेसमार्फत् प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए भने चुनाव जितेपछि प्रमाणपत्र पनि वारेसमार्फत् नै बुझेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार