काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड-२०२३ बाट सम्मानित भएको छ ।
भिषा इन्टरनेशनलद्वारा काठमाण्डाैमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एसाेशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धन उत्कृष्ट बनेकोमा अवार्ड प्रदान गरिएको हो ।
बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने याे प्रविधि नेपालमै पहिलो रहेको छ ।
ग्लोबल आईएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
प्रतिक्रिया दिनुहोस्