सुदूरपश्चिम विकास सम्मेलनको पर्यटन उपसमिति सदस्यमा शाह मनोनीत

एडभञ्चर स्पोर्ट्स (साईकिलिङ) पर्यटन सम्वन्धी परियोजनाका लागि स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन युवा अभियान्ता भरत विक्रम शाह सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनका लागि पर्यटन उपसमितिको सदस्य पदमा मनोनीत भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले उनलाई पर्यटन उपसमितिको सदस्य पदमा मनोनयन गरेको हो ।सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आगामी फागुन २३ र २४ गते धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन हुँदैछ ।

Dengue

उक्त सम्मेलन सफल पार्न कार्यकारी समिति अन्तर्गतको पर्यटन उपसमितिको सदस्य पदमा शाहलाई मनोनयन गरिएको प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले उल्लेख गरेका छन् ।

उनले विकास सम्मेलनमा एडभञ्चर स्पोर्ट्स (साईकिलिङ) पर्यटन सम्वन्धी परियोजनाका लागि स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन शाहको अनुभव, विज्ञता र सम्बन्धका माध्यमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । शाह लामो समयदेखि पर्यटन प्रर्वद्धन तथा साईकिलिङको क्षेत्रमा कार्यरत छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार