एनसेल प्रकरणमा देउवा र प्रचण्डको परिवारको संलग्नता छैन :सञ्चारमन्त्री

काठमाडौं ( सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले एनसेलको सेयर बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको कुनै पनि संलग्नता नरहेको बताएकी छन् ।

उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा सरकारको तर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गर्दै यस विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन हुने बताइन्। विज्ञप्ति सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा वर्तमान प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री देउवाका परिवारका सदस्यहरुको संलग्नताका विषयमा मिडियामा आएका समाचारहरुमा सत्यता नरहेको मन्त्री शर्माले बताइन्।

Dengue

‘बाहिर मिडियामा आउने कुरा र आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुन्थ्यो । गठबन्धनका अन्य नेताहरु पनि हुनुहुन्थ्यो । प्रधानमन्त्रीले दुबईबाट आउनेबित्तिकै छानबिनका लागि निर्देशन दिइसक्नुभएको छ’, मन्त्री शर्माले भनिन्, ‘यस प्रकरणमा सरकारले लिएको डिसिजन राम्रो भएको भन्दै गठबन्धनका नेताहरुले पनि समर्थन गर्नुभएको छ । यदि त्यस्तो केही संलग्नता थियो यस्तो निर्णय गरिने थिएन होला ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार