भारतबाट आइपुगे १५ वटा मुर्रा राँगा 

भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारतबीच कृषि तथा पशुपक्षीको क्षेत्रमा भएको पूर्वसमझदारीअनुसार नेपालगन्ज जमुनाहा नाका भएर मुर्रा राँगा भित्रिएको हो ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले अनुदानमा मुर्रा राँगा दिने बताएको थियो । नेपाल आइपुगेको उक्त राँगालाई पूर्वसहमतिअनुसार तीनवटा नेपालगन्ज, पाँचवटा लहान र सातवटा पोखराको पशु क्वारेन्टिन शाखामा राखिने नेपालगन्ज पशु क्वारेन्टिन शाखा कार्यालयका प्रमुख डा। विनयकुमार कर्णले बताए ।

Dengue

राँगा लिन पशुसेवा विभाग, पशु क्वारेन्टिन र केन्द्रीय पशु प्रयोगशालाका अधिकारीहरू नेपालगन्ज भन्सार कार्यालय पुगेका थिए । यो नश्लको राँगाले नेपालको दूध उत्पादन क्षमता तथा भैँसीको नश्ल सुधारमा फड्को मार्ने कर्णले बताए । भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैँसीको जात विश्वमै उन्नतमध्येको एक मानिएको पशुसेवा विभागका निर्देशक डा। चन्द्र ढकालले बताए । भारतको हरियाणामा रैथाने प्रजातिलाई आनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादनका लागि सबैभन्दा राम्रो मानिने उनको भनाइ छ ।

यो जातको भैँसीले एक बेतमा पाँच हजार लिटरसम्म दूध दिने अनुमान गरिएको छ । यस्तो भैँसीको कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको पशुसेवा विभागको भनाइ छ । नेपालमा अहिले पालिएका उन्नत जातका भैँसीहरूबाट औसत प्रतिबेत १४ सय लिटर मात्रै दूध उत्पादन क्षमता रहेको विभागको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार