तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै

काठमाडौँ: यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । तिथिअनुसार आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ ।

धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको द्वारपालको रुपमा पूजा गर्ने गरिन्छ । विधान अनुसार लक्ष्मीपूजा भने औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार