सुनचाँदीको कारोबार बढ्यो

काठमाण्डौ: तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ ।

हिजो र अस्ति दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए। उनका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।

Seti Hospital

२०७२ सालको भूकम्पअघि तिहारका बेला दैनिक ५० किलोको हाराहारीमा सुनको कारोबार हुने गरेको थियो । त्यसपछि भने भूकम्प, कोरोनालगायतका कारण आर्थिक मन्दी हुँदा कारोबार घट्दै गएको छ ।

यस्तै, तिहारमा चाँदीको कारोबार पनि बढेको छ । अहिले दैनिक एक हजार किलो चाँदीको कारोबार भइरहेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । यसअघि चाँदी दैनिक दुई तीन सय किलोको हाराहारीमा कारोबार हुने गरेको थियो । तिहारमा सुनचाँदी किन्दा शुभ हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सुनचाँदीसँगै तिहारमा पित्तलका सामान, कुचो, टाङ्लो, माटोले बनेका भाँडालगायतको पनि कारोबार बढी हुन्छ ।

यसैबीच, आज सुन चाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार