कञ्चनपुरमा प्लाष्टिक माला प्रतिबन्धित

बेदकोट । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो ।

दीपावली, नेपाल संवत् तथा छठ पर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

Dengue

उनका अनुसार पछिल्लो समय चाडबाड, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीको प्रयोगले वातावरण प्रदूषणका साथै स्थानीय किसानबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशि बाहिरिने गरेको छ ।

सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा, माला तथा ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोलालगायतका सामग्रीको बिक्री, वितरण नगर्न प्रशासनले आग्रह गरेको छ ।

भूकम्पपीडितलाई कपडा सहयोग

कञ्चनपुरको भीमदत्त नगरपालिकाका व्यापारीले कर्णाली प्रदेशका भूकम्पपीडितलाई कपडा सहयोग गरेका छन् । भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित मिनी मार्केटका व्यापारीले कपडा सङ्कलन गरेर भूकम्प प्रभावितका लागि पठाएका हुन् ।

मिनी मार्केटका अध्यक्ष दुर्गादत्त भट्टका अनुसार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित स्थानीयका लागि रु दुई लाख बराबरको कपडा सहयोग गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत व्यापारीले कपडा जाजरकोट पठाएका हुन् । “चाडबाडको मुखमा भूकम्पले कर्णाली निकै ठूलो विनाश गरेको छ”, मिनी मार्केटका अध्यक्ष भट्टले भने, “यस्तो पीडाको अवस्थामा हामीले कपडा सङ्कलन गरेर आफूले गर्न सक्ने सहयोग गरेका छौँ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार