काठमाडौँ: साताको पाचौा दिन आज बिहीबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ।
आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३८५ रुपैयाँमा कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्