नेप्सेमा ११ अंककाे वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ ।

मंगलबार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा कायम भएको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

Dengue

यसदिन बजारमा ४३ लाख ३१ हजार २२९ कित्ता शेयरको खरिदबिक्री हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ । जहाँ अघिल्लो दिन सोमबार मात्रै २१।४६ अंकले शेयर बजार बढेर १८४७.५४ बिन्दुमा कायम भएको थियो भने ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक नाफा कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वधिक गुमाएका छन् ।

त्यस्तै, उपसमूहतर्फ नन लाइफ इन्स्योरेन्स बाहेकका १२ वटै समूहको सेयरमुल्य वृद्धि भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार