रिगलको कैद मिनाहा बदर, एक घण्टामै बाँके प्रहरी गर्यो पक्राउ

काठमाडौंः सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई सर्वोच्चको आदेश पछी १ घण्टामै नेपालगञ्जबाट पक्राउ गरेको एसपी सुवास बोहराले बताए।


सर्वोच्च अदालतले बिहीवार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो। अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो।

Dengue


आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो। रिगल संविधान दिवसको अवसरमा राष्ट्रपति बाट बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए। रिगलले नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ मा चेतन मानन्धरको हत्या गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार