दशैंको सातौं दिन : कालरात्रि भगवतीको पूजा गरि घरघरमा फूलपाती भित्र्याइदै

धनगढी, ४ कार्तिक । आज बडादशैंको सातौं दिन फूलपाती देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । शास्त्रीय मान्यता अनुसार फूलपातीको रुपमा नौ थरीका फूलपाती भित्र्याउने गरिएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।

Dengue

फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । घटस्थापनाका दिनदेखि नै दशैं सुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने आजदेखि घरघरमा सुरु हुन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु हुन्छ । आजको दिन देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा लिइन्छ ।

कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् नवरात्रीको सातौं दिन कालरात्री देवीको पूजा आरधना गर्ने गरिन्छ । कालो स्वरुप भएकाकारण कालरत्री भनिएको हो । शास्त्रमा कालरात्रीको स्वरुपको स्मरण मात्रले दुष्ट दैत्य, दानव, राक्षस, भूत–प्रेत सबै भय शान्त हुन्छ । कालरात्रीको पूजा आराधनाले मनुष्यको अज्ञान, अन्धाकार आदि नष्ट हुने मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार