उपचाररत् गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाण्डौ, ३ कार्तिक । चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान आइसियूबाट जनरल वार्डमा सारिएको हो ।

‘छोटो भिडिओ कुराकानीको क्रममा उहाँ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनुभएको छ,’ गौतमले भने ।
बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।

Dengue

श्रेष्ठलाई ’एक्युट मायोकार्डियल इन्फार्क्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ’ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ’स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ’स्टेन्ट’ राखिएको समेत राखिएको थियो।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार