बाजुरामा दसैं–तिहार नजिकिदै गर्दा खाद्यान्नका गोदाम रित्ता

धनगढी, २७ असोज । दसैं–तिहारलगायत चाडपर्वलाई लक्ष्य गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले तराईलगायत सुगम क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

अधिकांश समय खाद्य संकट हुने दुर्गम जिल्लामा सुपथ पसल खाद्यान्न नभएर गोदाममा ताल्चा झुन्डिएका छन । सुदूरपश्चिममा खाद्यान्न संकट भइरहने बाजुरामा कम्पनीका गोदाम रित्ता रहेका छन् । अत्यधिक माग हुने कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर गोदाम बन्द रहेको छ ।

Dengue

कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रको अवस्था पनि उस्तै पाइएको छ । दरमुकाम मार्तडीमा भने गोदाममा खाद्यान्न सकिएको छ । उपल्लो निकायको निर्देशनमा गोदामबाहिर ‘सुपथ मूल्य पसल’को ब्यानर झुन्ड्याइएको छ । सुपथ मूल्य पसलको ब्यानर झुन्ड्याउनू भनेर निर्देशन आएको कम्पनीको मार्तडी शाखा प्रमुख मेखराज ओझाले बताएका छन् ।

गोदाममा भएका बेला डिपोले प्रतिकिलो ५६ रुपैयाँमा बिक्री गर्ने गुणस्तरकै चामल अहिले बजारमा ७० रुपैयाँ प्रतिकिलो किन्नुपरेको छ । ‘सहर बजारतिर त यतिबेला खाद्यले सुपथ मूल्य पसल चलाएर केही सस्तोमा बिक्री गर्न लागेको सुन्छौं,’ वीरबहादुर रोकायाले भने, ‘तर हामी जस्तो दुर्गमका बासिन्दालाई भने सस्तो चामल त परै आओस्, खाद्यान्न नै छैन भनेर गोदाम बन्द गरिएको छ ।’

प्रदेश कार्यालयमा बारम्बार गुहार्दा आश्वासन आए पनि चामल भने आउन नसकेको उनले जनाए । ‘हामीलाई पनि तनाव छ, चाडबाडका मुखमा गोदाममा ताल्चा झुन्ड्याउनुपरेको छ,’ कोल्टी डिपो प्रमुख भीमबहादुर बुढाले भने । नेपाल खाद्य तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले भने ढुवानी सम्झौता गर्न ढिलाइ भएर समस्या भएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार