कञ्चनपुरबाट १० लाख बढीका सामानसहित दुइजना पक्राउ

धनगढी, २६ असोज । कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई जना शुक्रवार पक्राउ परेका छन् । शुक्रबार जिल्लाको भीमदत्त नगरपालिका–४ का सुशिलकुमार देवल र सोेहि नगरपालिकाका–१८ का राजेन्द्र देवल भन्सारछलीका सामानसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी, प्रहरी प्रवक्ता प्रकाश डाँगी का अनुसार दुबै जनाले घरमा संचालन गरेका पसल र गोदाममा भारतबाट भन्सार छली ल्याएका करिब १० लाख ८२ हजार ९ सय ४२ रुपैँया बराबरका खाद्यान्न सामग्री, जुत्ताचप्पल र गहुँसहितको ट्रक फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता डाँगीका अनुसार बरामद गरेको हो ।

Dengue

सामान सहित दुबैजनालाई कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार