डोटी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा साउँद चयन

डोटी, २४ असोज । डोटी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विक्रम साउँद (घटाल) चयन भएका छन्। त्रिवेणी मिडिया नेटवर्क डोटीका निवर्तमान अध्यक्ष समेत रहेका साउँदको अध्यक्षतामा बिहिबार वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयन भएको छ ।

उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी, वाणिज्य उपाध्यक्षमा नरबहादुर खड्का, उद्योग उपाध्यक्ष दीर्घ साउँद, महासचिवमा बमबहादुर बोगटी, सचिवमा हेमन्त कठायत र कोषाध्यक्षमा आईजंग कुँवर चयन भएका छन्। त्यस्तै सदस्यहरूमा नन्दन कार्की, प्रेम विष्ट, दीपक शाह, प्रकाश रावल, गणेश बोहरा, दीपक कलेल र नन्ना भण्डारी चयन भएका हुन्।

Galaxy

असोज १५ गते सोमवार साधारण सभाले त्यो दिन नयाँ समिति गठन गर्न सकेको थिएन। त्यसपश्चात उद्घाटन सत्र पछि सुरु भएको बन्द सत्रमा महासचिव दीपकबहादुर खड्का र कोषाध्यक्ष दीर्घबहादुर साउँदले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित नभएपछि साधारण सभाको बन्द सत्र लम्बिएको थियो। बन्द सत्र सुरु भएको १० दिनपछि हिजो संघको नयाँ कार्यसमिति चयन भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार