टी–२० सिरिजस् : नेपालको पहिलो खेल यूएईसँग

काठमाडौं– आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा हुने सिरिजमा नेपाल, यूएई र हङकङ रहेका छन्।
कात्तिक १ गतेदेखि सुरु हुने सिरिज कात्तिक १० गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। कात्तिक १ गते नै नेपालले पहिलो खेल यूएईसँग खेल्नेछ। कात्तिक २ गते दोस्रो खेल हङकङसँग रहेको छ।

तालिकाअनुसार कात्तिक ४ गते फेरि हङकङ र कात्तिक ६ गते यूएईसँग खेल्नेछ। डबल राउण्ड राबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन्।
प्रतियोगिताका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। टी–२० विश्वकपको एसिया क्षेत्र छनोटलाई सहयोग पुग्नेगरी क्यानले सिरिज आयोजना गरेको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार