डडेल्धुराको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

डडेलधुरा, १९ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ तिहार नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि जिल्लाको बसपार्क, स्याउले, सकायल र जोगबुढामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायव निरीक्षक भीम बहादुर बोहराका अनुुसार दसैँ तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको हो । जो सुकैलाई पनि समस्या परे सहायता कक्षमा आएर सहयोग लिन सकिने उनले बताए ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार