डोटीको सिलगढीका उपभोक्ताले प्रयोग गर्ने खाने पानीमा दिसाको कीटाणु फेला

डोटी, ११ असोज । डोटीको जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने खाने पानीमा दिसाको कीटाणु फेला परेका छन् । स्वास्थ्य कार्यालय डोटीले ७ वटा नमुना संकलनगरी परीक्षण गर्दा सबैमा दिसाको टिकाणु फेला परेका हुन् ।

सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा कोलिफम ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यस्तै धमिलोपन मछेन्तोलामा ३५, ट्याङ्कीमा २०, धारामा १५ र गाग्रीमा १३ कीटाणु फेला परेका छन् ।

Dengue

जनावर वा मान्छे कसको दिशा हो भन्ने पहिचान नभएको तर दिशाको कीटाणु देखिएको ल्याब असिस्टेन्ट निर्मल ओझाले बताए । सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए ।

पानीमा कोलिफमको मात्र बढ्ने बित्तिकै क्लोरिन हाल्ने गरेको हुदा कीटाणु मान्छेको नभई बस्तुभाउ र जङ्गली जनावरको हुन सक्ने उनले बताए । पानीमा कोलीफमका कारण झाडापखाला, हैजा तथा विभिन्न प्रकारको रोगहरूको सङ्क्रमण हुने खतरा हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार