शेयर बजार झन्डै ६ अङ्कले घट्यो

काठमाण्डौ: शेयर बजार आज पनि घटेको छ । हिजो आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । आज शुभम् पावर, थ्री स्टार हाइड्रो र अपर लाहोरे खोला जलविद्युतको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै माइखोला जलविद्युत्, एसियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न पावर, हिमालय ऊर्जा विकास कम्पनी र हिमालयन लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

Dengue

आज ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार