नेप्सेमा १९.४२ अंकको गिरावट, दुई अर्ब ३२ करोडको कारोबार

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १९.४२ अंकले घटेर दुई हजार १० दशमलब ३५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

Dengue

चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । जसमा स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावर लिमिटेड रहेको छ । यी कम्पनीको शेयरूमल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि ९.७३ प्रतिशतले बढेको छ ।

आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार