भारतको चन्द्रयान ‘सम्पर्कविहीन’

बीबीसी: भारतले चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ। भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोका अनुसार नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको हो।

रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेर १० दिन बिताएका थिए। यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ।

इसरोले यही २२ सेप्टेम्बरतिर चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको बताएको थियो। चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र विक्रम र प्रज्ञान पुनः जागृत हुनेछन् भन्ने ठानिएको थियो। तर, अहिलेको अवस्थाले के देखाएको छ भने चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्‍याएको हुनसक्छ। चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ। यसको मतलब चन्द्रमामा १४ दिनको दिन र १४ दिनको रात हुन्छ।

शुक्रबार इसरोले एक्समा पोस्ट गर्दै लेखेको छ, ‘विक्रम र प्रज्ञानसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी छ।’ चन्द्रयान–३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुवनेर अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार