क्यानको निर्वाचन साधारण सभा आज

काठमाडौं। नेपाल क्रिकेट संघ-क्यानको निर्वाचन साधारण सभा शुक्रवार सुरु हुँदै छ। बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने छ।

क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्।

Seti Hospital

वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना बलियो रहेको छ । उनलाई पारस खड्काले समर्थन गरेको बुझिएको छ। सचिवमा चन्दले खड्कालाई साथ दिएका छन्। जिल्ला र प्रदेशको निर्वाचनपछि चतुर र खड्काबीच सहकार्य बनेको हो।

यसअघि जिल्ला र प्रदेश चुनाव दौरान चन्दलाई रोशन सिंह, प्रशान्तविक्रम मल्ल र दुर्गाराज पाठकले अध्यक्षमा समर्थन गर्ने र अन्य पदमा आपसमा बाँडेर बस्ने चर्चा चलेको थियो। अध्यक्षमा उठ्ने चर्चा चलाएका सिंह पछि ‘ब्याक’ भएका थिए। उनी फेरी चन्दकै समर्थनबाट कोषाध्यक्षमा उठ्ने चर्चा छ। पाठक र मल्लको भूमिकाबारे केही खुलेको छैन।

‘चुनाव हो, एक एक छिनमा समीकरण फेरिन्छ। त्यसैले उम्मेदवारी घोषणा नहुँदासम्म केही भन्न सकिने अवस्था छैन’, चन्दनिकट स्रोतले भन्यो। यता खड्का सचिवमा निर्विरोध हुनेमा ढुक्क देखिएका छन्। चन्द समूहसँगको सहकार्यले सचिवमा अन्यको उम्मेदवारी नपर्ने उनको विश्वास रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार