कैलाली: कैलालीमा खुकुरी प्रहार बाट एकजना घाइते भएका छन् ।
आज ९बुधवार० बिहान लेनदेनबारे विवाद हुँदा वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले जिल्लाको बर्दगोरिया गाउँपालिका–२ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगंज लगिएको छ भने आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्