नेम्वाङको निधनपछि इलाममा शोक बिदा

इलाम : संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलवार) शोक बिदा दिएको छ ।

अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले शोक वक्तव्य मार्फत जानकारी दिएको छ ।
उहाँको निधनसँगै गृह जिल्ला इलाम शोकमा डुबेको छ ।

Dengue

नेम्वाङको निधन पछि नेकपा एमाले जिल्ला पार्टी कार्यालय इलाममा एमाले कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झन्डा भुकाइएको छ । एमालेले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार