बैतडीका ५२ वर्षीय एक शिक्षक १९ दिन देखि सम्पर्क विहिन

बैतडी: बैतडीका एक शिक्षक १९ दिन देखि सम्पर्क विहिन छन्।

जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौं ५ गते विद्यालय जान हिँडेका अझै भेटिएका छैनन् ।

Seti Hospital

उनी १९ दिन देखि सम्पर्क विहिन छन् । भदौं ५ गते विद्यालय जान हिँडेका शिक्षक बोहराको अझे सम्पर्कमा नआएका पारिवारि स्रोतले बताएको छ। बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

स्थानीय लटीनाथ आधारभुत विद्यालय अमरखेतमा कार्यरत भदौं ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार