अछामको रामारोशनमा चितुवाको आक्रमणबाट तीन जना घाइते

अछाम: अछामको रामारोशनमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

जिल्लाको रामारोशन गाउँपालिका –६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो। यस्तै सोहि पालिकाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताए।

Seti Hospital

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ। घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको छ। तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउँदले बताए। चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरु आएपछि चितुवा भागेको थियो।दुई हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार