धनगढीः दार्चुलामा एक महिला मृत फेला परेकी छिन्।
जिल्लाको मालिकार्जुन गाउँपालिका–७ की ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन्। उनी घरभन्दा १ सय ५० मिटर पर आज ९सोमवार० बिहान मृत फेला परेकी हुन्। उनी एकल महिला रहेको र घरमा एक्लै बस्दै आएको प्रहरीले बताएको छ। उनको मृत्युको कारण भने खुलेको छैन्।
अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
प्रतिक्रिया दनुहोस्