शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा उपमहानगरपालिकालाई १ लाख रकम हस्तान्तरण

धनगढी: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धनगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत धनगढी उपमहानगरपालिकालाई १ लाख रकम हस्तान्तरण गरेको छ ।

धनगढी उप-महानगरपालिका द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यक्रममा सहभागी हुदै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धनगढी शाखाको तर्फबाट प्रादेशिक प्रमुख मेघराज पोख्रेल र धनगढी शाखा प्रमुख रबिन्द्र शाहीले २० वटा बिरुबा बराबरको रकम रु १ लाख धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका छन् ।

Dengue

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धनगढी शाखाले विभिन्न कार्यक्रमको अवसरमा यस अघि आमाको माया छात्रावासलाई शैक्षिक सामाग्री वितरण र भैरब बाबा विधालयमा वृक्षारोपण समेत गरीसकेको छ । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौँ । यसपाली धनगढी उपमहानगरपालिकाले गरीरहेको उत्कृष्ट काममा हातेमाले गर्न खोजेका हौ धनगढी शाखा प्रमुख रबिन्द्र शाहीले जानकारी दिएका छन् ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले उप-महानगरपालिकालाई हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यक्रममा सहभागीता जनाएकोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक धनगढी शाखालाई धन्यवाद व्यक्त गरेका छन् । कालिकानगर,बुटवल ११ रुपन्देही मा मुख्य कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ४ अर्ब २८ करोड रहेकोमा देशभर ८८ वटा शाखा र १ वटा विस्तार काउन्टर रहेको छ । हाल उक्त बैंकले मुद्धती निक्षेपमा ११.१५ प्रतिशत र बचत खातामा ८.१५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार