रक्सिले मातिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पुर्व मन्त्री दीर्घ सोडारीलाई पनि गाली गरेको भिडियो सार्वजनिक (भिडियो सहित)

धनगढी: मातहतका कार्यालयहरूबाट रकम असुली गर्दै आएको भिडियो र वन मन्त्री रमेश धामीलाई आमाचाकरी गाली गरेको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले पूर्व मन्त्री दीर्घ सोडारीलाइ समेत गाली गरेका छन् ।

प्राप्त भिडियोमा निमित्त वन निर्देशक कृष्णदत्त भट्ट कार्यालयको सरकारी निवासमा बियर पिउँदै छन् । बियरले टिल्ल परेका भट्टले निवर्तमान मन्त्री दीर्घ सोडारीले कैलालीको सुख्खड र साढेपानीमा बनपालेहरुसँग बसेर दिनदिनै दारु खाने गरेको र पैसा उठाउने गरेको आरोप लगाएका हुन् ।

Dengue

त्यति मात्रै होइन उनले मन्त्री सोडारी लाइ आमाचकारी गाली गर्दै हैसियत विहीन भएको तथा निजले आफ्ना निम्न तहका कर्मचारीहरूसँग समेत बसेर दारु खाने गरेको तथा घुस बापत रकम असुल्ने गरेको उनको आरोप छ । यस अघि मातहतका कार्यालयहरूबाट रकम असुली गर्दै आएको भिडियो र वन मन्त्री रमेश धामीलाई आमाचकारी गाली गरेको अडियो सार्वजनिक भएपछि उनी निकै विवादमा आएका छन् । यिनै विवादित भट्टलाई सुदुरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेपछि प्रदेश सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

जिम्मेवार उच्च तहका कर्मचारी वाट यस्तो हर्कतको भिडियो सार्वजनिक भएपछि निलम्बन गरेर छानबिन गरी कारबाही गर्नुत कता हो कता वनका एक उच्च अधिकारीले भने–सामान्य सोधपुछ समेत नगरेर प्रदेश सरकारले निमित्त वन निर्देशकमा नियुक्त गरेर उनलाई हौसला प्रदान गरेको छ यसले सरकारको नियत प्रस्ट देखिएको छ । जिम्मेवार निकायको कर्मचारी यति विवादमा आइसकेपछि तत्काल निलम्बनमा राखेर छानबिन गरिनु पर्ने ती कर्मचारीले बताए । वन मन्त्री रमेश धामीले यस बारे छानबिन गर्ने बताएका छन् ।

एक टेलिभिजनलाई दिइएको अन्तर्वार्तामा उनले भनेका छन् म दार्चुला छु आइतबार धनगढी पुगेपछि यस बारे छानबिन गर्छु । छानबिन गर्छन् या गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार