सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं: आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Dengue

यस्तै, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ तोकिएको छ । शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख ९ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने शुक्रबारको जस्तै १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार