आज सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन स्थिर रहेको हो।

Seti Hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार