सप्तकोशीमा पानीको बहाव घट्दै

धनगढी । पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । सोमबार बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा सोमबार साँझ गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

ब्यारेजको ५६ वटै ढोका खोलिएको उनले बताएका छन् । सोमबार बिहान ६ बजेको मापनअनुसार चार लाख ५२ हजार सात सय १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो भने बिहान ८ बजे चार लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

Dengue

कोशीमा पानीको बहाव उच्च भए पनि कोशीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । राजावा, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उनले बताएका छन् । ठूला सवारी साधनलाई आलोपालो वारपार गराउँदै आएको छ । कोशीमा सन् १९८९ सालमा चार लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार