प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो : ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् ।

गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो’ ओलीले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई भने, ‘उहाँले आफैं राजीनामा गर्नु पर्ने हो ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थन्त्री डा। प्रकाशशरण महतले राजीनामा नगर्नु त अनौठो र आश्चर्य भएको उनले बताए । ‘राजीनामा नगरेर कसरी बस्न सकेको रु आठौं कि नवौं अश्चर्य भन्नुपर्छ’ ओलीले भने, ‘त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो, त्यो बहन नगरेर फेरि पनि मन्त्री भएर झण्डा हला हिँड्न अठ्यारो लाग्नु पर्ने होइन रु’

२ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार