आगामी बैशाखदेखि सुर्ती, खैनी तथा गुट्खा प्लाष्टिकमा प्याकिङ गर्न नपाइने

काठमाडौँ: आन्तरिक राजस्व विभागले आगामी बैशाख १ गतेदेखि खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु प्लाष्टिक बाहेकका जैविक रूपमा सडेर जाने सामग्रीमा मात्रै प्याकिङ् गर्नुपर्ने जनाएको छ ।

विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो ।

Dengue

यी बस्तु पैठारी गर्ने इजाजतवालालाई सो नियम बमोजिमको तयारी अहिलेदेखि नै थाल्न विभागले आग्रह गरेको छ । विभागद्वारा जारी सूचना अनुसार विभागले २०८१ साल वैशाखदेखि यो नियम लागू हुने भएकोले सोही अनुसार तयारी थाल्न इजाजतवाला निकायलाई आग्रह गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार