मिटरब्याजीको आरोपमा एक महिला पक्राउ

धनगढी । सिरहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

स्थानीय ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिएका छन् ।

Dengue

पक्राउ परेकी साहमाथि थप अनुसन्धान भइरहेको बताइएको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा उजुरी परेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार