शनिवारदेखि देशभरका अधिकांश नदीमा जलसतह बढ्ने

काठमाडौँ: शनिवार रातिदेखि देशभरका नदीको जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार र आइतवार कोशी, कन्काई, कमला र बागमतीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने महाशाखाको पूर्वानुमान छ । आइतवार र सोमवार बबई, पश्चिम राप्ती, कर्णाली, महाकालीका सहायक नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Dengue

आज (बिहीवार) र भोलि (शुक्रवार) भने देशका प्रमुख नदीमा जलसतह केही बढ्ने पूर्वानुमान रहेको छ । कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई र यसका सहायक नदीमा जलसतह केही बढ्ने महाशाखाले जनाएको छ ।

आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही स(साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको छ ।

यी क्षेत्रका नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार