कैलालीको बाढी प्रभावित क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारको जम्बो टोली

भक्तराज जोशी

धनगढी । कैलालीमा सभामुख भीमबहादुर भण्डारीसहित संसदीय समितिको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ । बुधबार जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकामा लगातारको वर्षाका कारण आएको बाढी पुर्याएको क्षतिबारे सभामुखसहितको टोलीले अनुगमन गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा पुगेको सभामुखसहितको टोलीले नदीको प्रभाव, बाढीका कारण पुगेको क्षती र दीर्घकालीन असरको विषयमा सुझाव संकलन गरेको थियो ।

Dengue

अनुगमन गर्दै सभामुख भण्डारीले बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार र जोखिम न्यूनिकरणका कामलाई प्रभावकारी बनाउन कम चालिने प्रतिवद्धता जनाएका थिए । ‘सरकार बाढी र पहिरोकार कारणले पुगेको क्षतीबारे गम्भीर छ’, उनले भने, ‘विपद व्यवस्थापनका सवालमा सदनमा खास चर्चा गरिनेछ । विशेष प्राथामिकताका साथ अघि बढ्छौँ ।’

त्यस्तै राप्रपाकी सांसद खेमा देवी विष्टले बाढीका कारण तराई र पहिरोका कारण पहाडी जिल्ला जोखिममा रहेको बताएकी छिन् । बर्खायाममा भारतले नेपालतर्फबाट बग्ने अधिकांश नदीको बाँध बन्द गर्दा नेपाली बस्ती जोखिममा पर्ने गरेकोले यस विषयमा पनि खास छलफल गर्नुपर्ने बताएकी छिन् । उनले बाढी प्रभावित परिवारलाई पार्टीबाट पनि तत्काल सहयोग पुग्ने गरि काम गराउन दबाब दिने बाचा गरेकी छिन् ।

अनुगमनमा सहभागी प्रदेश सांसदहरुले पनि बाढी र पहिरोका कारण प्रभावित क्षेत्रको अवस्थाको निरीक्षण प्रश्चात उद्धार र जोखिम न्यूनिकरणमा तदारुकताका साथ लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधरबा गरिएको अनुगमनमा प्रदेश सभा सदस्य दिर्घ सोडारी, घनश्याम चौधरी, जानकी कुँवर, ईन्दिरा गिरी, ललिता सुनार लगायतको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार