कैलालीमा लागूऔषध सहित ३ जना पक्राउ

धनगढी: कैलालीमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको टिकापुर नगरपालिका वडा नं ०१ बस्ने २० वर्षिय रोमन चौधरी सहित ३ जनालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । धनगढी उ.म.न.पा. २ त्रिनगर व्यारेल नजिकबाट अबैध लागूऔषध ३ ट्याब्लेट नाईट्राभेट र २४ ट्याब्लेट स्पास सहित उनिहरु पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटियको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार